Flash News
Revenue/ Foreign Aid
जग्गा मूल्यांकन सिफारिस/ प्रमाणित
लाग्ने समय:
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
- जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी
- जग्गाको आसपासको चलनचल्तीको मूल्य प्रक्षेपण
- हालसालै आसपासको जग्गा खरिद बिक्री भएको भए सो प्रमाणित वा सर्जमिन मुचुल्का
- चालु आ.व. सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात
- नगरपालिकाको सम्पत्ति कर प्रयोजनका लागि मूल्यांकन भएको रकम
प्रक्रिया:
- निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
- वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने