FAQs Complain Problems

घर कायम सिफारिस

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन, सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू.१५०/-
आवश्यक कागजातहरु: 

घर कायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन

  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपी
  • चालु आ.व. सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात
  • घरको नक्सा पास प्रमाणित अभिलेखिकरण प्रमाणपत्रको प्रतिलिपी
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमित मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने