FAQs Complain Problems

Revenue/ Foreign Aid

घरटहरा नबनाउने सम्बन्धी सूचना !!

प्रस्तुत विषयमा "सडक विभागको स्वीकृती प्राप्त नगरी कसैले पनि सार्वजनिक सडक सँग जोडिने गरी प्रवेश मार्ग बनाउन, सार्वजनिक सडक वा सडक सीमाभित्र खाडल वा कुलो खन्न वा भत्काउन, किला, लठ्ठा, तगारो आदि गाड्न वा हाल्न वा घर टहरो वा छाप्रो बनाउन वा सडक सीमाभित्रको जग्गा आवादी गर्न वा यस्तै अन्य कुनै कार्य गर्न नपाइने" कानूनी व्यवस्था रहेकोमा यस नगरपालिका क्षेत्र भित्र पर्ने मदन भण्डारी राजमार्ग अन्तरर्गत लेकवेशी नगरपालिका  वडा नं.७ पुल्टार र वडा नं. १० भुतचोकमा घर टहरो निर्माण गर्न लागेको जानकारी हुन आएकोले उक्त कार्य तुरुन्त रोक्नुहुन सम्बन्धित व्यक्तिलाई जानकारी गराइन्छ। अन्यथा अटेर गरी घर टहरो निर्माण गरेको पाइएमा मदन भण्डारी राजमार्ग आयोजना कार्यालय र सुरक्षा निकायको सहयोगमा यस नगरपालिकाबाट उक्त संरचना हटाई, हटाउँदा लाग्ने सम्पुर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराइन्छ।

आर्थिक वर्ष: