FAQs Complain Problems

घरजग्गा नामसारी सिफारिस

लाग्ने समय: 
कागजात मिलेको हकमाः सोही दिन,  सर्जमिनको हकमाः ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रु.५००
आवश्यक कागजातहरु: 
  • व्यक्तिगत निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • मृतक र निवेदक बीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी र मृत्यु दर्ता प्रमाणपत्र
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
  • सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

चालु आ.व. सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात

प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदक दर्ता गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिइनेछ ।