Flash News
Revenue/ Foreign Aid
अपाङ्गता परिचयपत्रलाई डिझिटल रुपमा वितरण गर्न सुरु
लेकवेशी नगरपालिकाले अपाङ्गता परिचयपत्रलाई डिझिटल रुपमा वितरण गर्न सुरु गरेको छ । २०८० पौष २४ गतेका दिन महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा नगर प्रमुख श्री उमेश कुमार पौडेल र उप –प्रमुख श्री विमला खड्लुकले संयुक्त रुपमा अपाङ्गता भएका ब्यक्तिहरुलाई कार्ड वितरण गरि कार्यक्रमको समुदघाटन गर्नु भएको हो । डिजिटल कार्ड प्रकाशनका लागि आवश्यक उपकरणहरु द एसिया फाउण्डेसनले पालिकालाई सहयोग स्वरुप उपलब्ध गराएको हो ।