Flash News
Revenue/ Foreign Aid
अनुदानमा मकैको बीउ माग गर्ने सम्बन्धमा ।
अनुदानमा मकैको बीउ माग गर्ने सम्बन्धमा ।
यस नगरपालिकाको चालु आ.व. २०८१ / ०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ७०% अनुदानमा खाद्यान्न बालीको बिउ वितरण कार्यक्रम अन्तर्गत ७० प्रतिशत अनुदानमा तपसिल बमोजिम मकैको उन्नत जातको बीउ वितरणका लागि माग संकलन गर्नुपर्ने भएकाले बीउ माग गर्न इच्छुक कृषक / कृषक समूह / कृषि सहकारी / कृषि फर्महरुले यो सूचना प्रकाशन भएको मितिले ७ दिन (२०८२/०१/०३ गते) कार्यालय समयभित्र तपसिलका कागजातहरु संलग्न गरि यस नगरपालिकाको कृषि विकास शाखामा निवेदन पेश गर्न सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका निवेदनहरु छनौटका लागि समावेश हुन नसक्ने व्यहोरा समेत जानकारी गराईन्छ ।
मकैको जात: रामपुर कम्पोजिट, मनकामना-३ र अरुण-२
आवश्यक कागजात:
-मकैको उन्नत बीउ माग गर्ने निवेदन र कृषकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
-सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
-मकै रोप्ने जमिनको जग्गा धनी प्रमाण-पत्रको प्रतिलिपी
-कृषक समूहको हकमा दर्ता प्रमाण पत्र र मकैको उन्नत बीउ मग गर्ने निर्णयको प्रतिलिपि
-कृषि फर्म र संस्थाको हकमा दर्ता प्रमाण पत्र PAN प्रमाण-पत्र,
कर चुक्ता प्रमाणको प्रतिलिपि
-सहकारीको सञ्चालक समितिको कार्यक्रम माग गर्ने निर्णयको प्रतिलिपि
थप जानकारीको लागि वेवसाईट www.lekbeshimun.gov.np वा वडा नं. ४ ९८४८१६१०४५, वडा नं. ५- ९८४८०४८७०१, वडा नं. ९ ९८४४८६६४०२ र नगर कृषि विकास शाखा- ९८६८८२७११०