FAQs Complain Problems

Revenue/ Foreign Aid

अङ्गीकृत नागरिकता सिफारिस

लाग्ने समय: 
७ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रु .१०००
आवश्यक कागजातहरु: 
  • अनुसूची फाराम र अङ्गीकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरू
  • नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपी
  • वैवाहिक अङ्गीकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस गर्ने, कानुनी राय आवश्यक भएमा राय सोध्ने
  • चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
  • अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने