FAQs Complain Problems

Flash News

Revenue/ Foreign Aid

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतको आयोजनामा २०८१ कार्तिक ०८ गते लेकवेशी नगरपालिकामा "भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतको आयोजनामा २०८१ कार्तिक ०८ गते लेकवेशी नगरपालिकामा "भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतका प्रमुख श्री रामकृष्ण पुडासैनी ज्यूको अध्यक्षता, नगर प्रमुख श्री उमेशकुमार पौडेल ज्यूको प्रमुख आतिथ्यता, उप-प्रमुख श्री विमला खड्लुक ज्यूको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय तहबाट कार्यक्रम कार्यान्वयन गर्दा ध्यान दिनु पर्ने कुराहरु, साथै कर्णाली प्रदेश अन्तरगतका स्थानीय तहबाट प्राप्त उजुरीको प्रकृति तथा उजुरी पछिको प्रक्रियाका सम्बन्धमा  छलफल भएको छ ।  कार्यक्रममा जन प्रतिनिधि ज्यू हरु, सुरक्षा निकाय, स्थानीय गै.स.सका प्रतिनिधि ज्यूहरु, विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधि ज्यूहरु तथा स्थानीय उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समिति तथा खानेपानी समितिका प्रतिनिधिहरुको उपस्थिति थियो ।

आर्थिक वर्ष: