FAQs Complain Problems

स्थानीय तहमा अपराध न्यूनीकरण सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

मिति २०८० मंसिर १४ गते  जिल्ला प्रशासन कार्यालय, सुर्खेत को आयोजना र  लेकवेशी नगरपालिकाको सहजिकरणमा स्थानीय तहमा अपराध न्यूनीकरण सम्बन्धि एकदिने अभिमुखीकरण
कार्यक्रम सम्पन्न भएको छ । नारायण प्रसाद सापकोटा ज्यूको अध्यक्षता, नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको प्रमुख आथित्यता, नगर उप-प्रमुख श्री विमला खड्लुक ज्यू,  प्रमुख प्रशासकीय 
अधिकृत श्री पदमलाल लामिछाने ज्यूको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य ज्यू हरु, शाखा प्रमुख हरु लगायकतको उपस्थिति रहेको थियो ।  कार्यक्रममा 
हाल देशभरीनै ब्याप्त रहेको लागुऔषध दुर्ब्यसनी, Cyber Crime लगायतको अवस्थाका बारेमा छलफल, साथै सो का न्यूनीरकणमा स्थानीय तहको भुमिकाका बारेमा छलफल समेत भएको थियो ।

आर्थिक वर्ष: