संगठनात्मक स्वरुप

नेपाल सरकारको वि.सं.२०७३ फागुन २७ गतेको निर्णयानुसार साविकका ५ वटा गाविसहरु साटाखानी, कल्याण, नेटा, दशरथपुर र लेखफर्सालाई मिलाइ १० वटा वडामा विभाजन गरी नगरपालिका गठन गरिएको हो । प्रस्तावित प्रदेश नं ६ को प्रादेशिक राजधानी वीरेन्द्रनगर भन्दा पूवी भेगमा भेरी नदीको किनारमा अवस्थित दुन, टार, चुरे र महाभारत श्रेणीमा पर्ने रमणिय वातावरणमा रहेको सुन्दर नगरपालिका हो लेकवेशी जसको यसमा थोरै साधन र स्रोतको लगानीवाट नगरपालिकाको, सामाजिक आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा बिकास हुन सक्ने सम्भावना रहेको छ । 

नगरपालिकाको संक्षित परिचय (Introduction) 
नगरपालिकाको नाम : लेकवेशी नगरपालिका 
जिल्ला : सुर्खेत सिमाना 
पुर्वमा : गुर्भाकोट नगरपालिका 
पच्चिममा : वीरेन्द्रनगर नगरपालिका 
उत्तरमा : चिंगाड गाउंपालिका 
दक्षिणमा : भेरी नदी र भेरीगंगा नगरपालिका 
कुल जनसंख्या : ३०२९५
महिला : १५४५० 
पुरुष : १४८४४ 
घरधुरी संख्या : ६३४६ 
दलित : ६३५७ 
जनजाती : ११२४६ 
वाहुन क्षेत्री ठकुरी : ९७०३ 
क्षेत्रफल : १५० वर्ग किमी 
शैक्षिक अवस्था 
क्याम्पस : छैन 
मा वि : १० वटा 
नि मा वि : ७ वटा 
प्रावि : २३ वटा 
अस्पताल : छैन 
अस्थाइ प्रहरी चौकी १
स्वास्थ्य चौकी ५ वटा
पशु सेवा केन्द्र १ वटा
प्रमुख नदीहरु :-चिंगाड खोला,गमखोला,झुप्रा खोला,गंगटे खोला,कोल खोला, खहरे खोला, राते खोला
वनजंगलले ढाकेको क्षेत्र :- ५४ प्रतिशत
धार्मिक स्थल :- खाँडदेवी, शिवालय,ऋषी गुफा,दुर्गा मन्दीर, देउती वज्यै मन्दीर
प्रमुख पर्वहरु :- घोडे नाच पर्व, लहरे नाच पर्व दशै, तिहार, पैसेरी नाच
भौगोलिक अवस्था :- समुन्दी सतहवाट ५०० मीटर देखि १७०० मिटर सम्म
तापक्रम :- अधिकतम ४२ डिग्री देखि ० डिग्री सेल्सीयस सम्म
प्रमुख वालीहरु :- धान गहु मकै र हराभरा आँप र लिचिका वगैचा