FAQs Complain Problems

सम्झौता सम्वन्धि सूचना

सूचना प्रकाशन मितिः २०७८/१२/०१

आ.ब.२०७८/०७९ मा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, लेकवशी नगरपालिका अन्तर्गत तपशिलका क्षेत्रहरुमा निम्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने भएकोले आ.ब.२०७७/०७८ मा सञ्चालित पकेट कार्यक्रम निरन्तरताका लागि कागती पकेट र मौरी पकेट समुहले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले दिन भित्र अर्थात मिति २०७८/१२/०७ गते भित्र यस कार्यालयमा सम्झैता  गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

साथै यस विषयमा थप जानकारीका लागि ९८१९५८५८९९, ९८६८८२७११०मा सम्पर्क गर्न सकिनेछ ।

पकेटहरुः

  1. मिश्रीत बहुउद्देश्यीय कृषि समूह – लेकवेशी -२
  2. जनजागृती बहुउद्देश्यीय सहकारी संस्था लि. - लेकवेशी-५

निवेदन साथ पेश गर्नुपर्ने कागजातहरुः

  1. कृषि समूह/ कृषि सहकारीको दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।
  2. कार्यक्रम सञ्चालन हुने स्थान जग्गा/ जमिन को स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भएमा कम्तिमा ५ बर्षको सम्झौतानामा ।
  3.  निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि ।
  4. कार्य समितिको निर्णयको प्रतिलिपि ।
  5. सम्बन्धित वडा कार्यलय सिफारिस पत्र ।
  6. गत एक बर्षको प्रगति प्रतिवेदन पत्र ।

आर्थिक वर्ष: