FAQs Complain Problems

सम्झौता सम्वन्धि सूचना

सूचना प्रकाशन मितिः २०७८/१२/०१

आ.ब.२०७८/०७९ मा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, लेकवशी नगरपालिका अन्तर्गत तरकारी पकेट  सञ्चालन गर्नुपर्ने भएकोले  तपशिलका कृषक समूह / कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना  प्रकाशित भएको मितिले दिन भित्र अर्थात मिति २०७८/१२/०७ गते भित्र यस कार्यालयमा तोकिएको ढाँचा (अनुसूची-१०) अनुसार फर्मेट भरी सम्झौताका लागि सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

साथै यस विषयमा थप जानकारीका लागि ९८१९५८५८९९, ९८६८८२७११०मा सम्पर्क गर्न सकिनेछ ।

तपशिलः

  1. सिर्जनशिल कृषि तथा पशुपालन कृषक समूह –  लेकवेशी न.पा. – ४
  2. झरना तरकारी तथा खाद्यान्न उत्पादन कृषक समूह –  लेकवेशी न.पा. – ३
  3. हरियाली घरबगौंचा  कृषि तथा विउ उत्पादन सहकारी सं.ली. –  लेकवेशी न.पा. – 3
  4. अमृत तरकारी तथा विउ उत्पादन कृषक समूह –  लेकवेशी न.पा. – ३
  5. चाँदनी फलफूल तरकारी कृषि सहकारी सं.ली. –  लेकवेशी न.पा. – ५

निवेदन साथ पेश गर्नुपर्ने कागजातहरुः

  1. कृषि समूह/ कृषि सहकारीको दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।
  2. कार्यक्रम सञ्चालन हुने स्थान जग्गा/ जमिन को स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भएमा कम्तिमा ५ बर्षको सम्झौतानामा ।
  3.  निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि ।
  4. कार्य समितिको निर्णयको प्रतिलिपि ।

सम्बन्धित वडा कार्यलयको सिफारिस पत्र ।

आर्थिक वर्ष: