FAQs Complain Problems

दादुरा,रुवेला खोप अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

लेकवेशी नगरपालिकामा मिति २०८० जेष्ठ २४ गते जन प्रतिनिधिहरुका लागि दादुरा,रुवेला खोप अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।  नगर प्रमुख श्री उमेशकुमार पौडेल को अध्यक्षता, 
उप-प्रमुख श्री विमला खड्लुक,प्रमुख प्रशासकीय अधिकृत श्री पदमलाल लामिछाने तथा कार्यपालिका सदसस्य ज्यूहरु समेतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख श्री महेश गिरीले हाल
नेपालमा दादुराको प्रकोप पु:  न देखिएकोमा लकेवेशी नगरपालिकामा खोपको अवस्था, दादुरा फैलन सक्ने सम्भावना लगायतका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा, जन प्रतिनिधि ज्यूहरुलाई  २०८० जेष्ठ २८-३२ 
गते सम्म पालिका भरि संचालन हुने खोप अभियानका बारेमा जानकारी गराईनुका साथै, आवश्यक सहजिकरणका लागि समेत अनुरोध गरिएको छ । 

आर्थिक वर्ष: