FAQs Complain Problems

लेकवेशी नगरपालिकाको पाँचौ नगरसभा सुरु ।

२०७६ आषाढ १० गते देखी लेकवेशी नगरपालिकाको पाँचौ नगरसभा सुरु भएको छ। लेकवेशी नगरपालिका नगरप्रमुख को सभाध्यक्षतामा सुरुभएको कार्यक्रममा लेकवेशी नगरपालिका नगर-उप प्रमुखले आ.व २०७६ को वार्षिक बजेट,निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

स्थानीय तहको अधिकार क्षेत्र, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरुलाई आधारको रुपमा लिदै स्थनीय सरकार सञ्चालन ऐन २०७४, स्थानीय तहको योजना तथा बजेट तर्जुमा सम्बन्धी दिग्दर्शन २०७४, अर्थ मन्त्रालयबाट जारी स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तारण सम्बन्धी निर्देशन २०७४, महालेखा नियन्त्रक कार्यालयबाट जारी एकीकृत आर्थिक संकेत तथा वर्गीकरण र व्याख्या २०७४, संघीय सरकार र प्रदेश सरकारबाट उपलब्ध गराइएको बजेट सीमालाई आधार मान्दै आ व 207६/07७ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका लागि निम्न विधिहरु अवलम्वन गरिएको छ ।

  • लेकवेशी नगरपालिका भित्रका सबै वडाका वस्ति स्तरका मागलाई प्राथामिकतामा राख्दै वडा भेला र वडा समितिको बैठकबाट स्थानीय स्तरको माग संकलन गरिएको छ ।
  • विभिन्न समितिमा छलफल भइ निष्कर्षको रुपमा प्राप्त भएका मागलाई संवोधन गर्ने गरी प्रत्येक वडामा ‍५३ लाख र वडानं. ५ नेटालाई ५८ लाख बराबरका वडास्तरीय योजना तथा कार्यक्रमहरु समावेश गरिएको छ।
  • स्थानीय समाजसेवी, वुद्धिजिवी र नागरिक समाजका प्रबुद्ध व्यक्तिहरुको अनुभव, राय तथा सुझावहरुलाई समेत आधार मानी नगरको सोच, लक्ष्य र उद्देश्य निर्माण गरी कार्यक्रम बनाइएको छ । वडा तहबाट प्राप्त आयोजना तथा कार्यक्रमहरुलाई निम्न आधारमा विषयगत समितिद्धारा प्राथमिकिरण गदै कार्यापालिकामा व्यापक छलफल गरी यस सम्मानित नगर सभामा पेश गरेको छु ।
  • संघीय सरकार तथा प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुदानलाई तत् तत् विषयगत क्षेत्रमा खर्च गरिनेछ ।
    आयोजना प्राथमिकीकरणका आधारहरु
  • आर्थिक विकास र गरिवी निवारणमा प्रत्यक्ष योगदान पुरयाउने,
  • उत्पादन र छिटो प्रतिफल दिने,
  • राजस्व परिचालनमा योगदान पुरयाउने,
  • संस्थागत विकास र सुशासनमा योगदान पुरयाउने,
  • स्थानीय स्रोत साधनमा आधारित भई जनसहभागिता अभिवृद्धि गर्ने,
  • लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा अभिवृद्धि गर्ने,
  • दिगो विकास, वातारण संरक्षण र विपद व्यवस्थापनमा योगदान पुर्र्याउने ,
  • स्थान विशेषको संस्कृति र पहिचान अभिवृद्धि गर्ने,
  • सडक पूर्वाधारनिर्माण गर्दा अनिवार्य रुपमा कच्ची नाली र निकासको व्यवस्था गर्न लागत इस्टिमेट मै सो को व्यवस्था गरिने छ । आम उपभोक्ताले प्राविधिक कुराहरु पनि सहजै बुझुन भन्ने उद्देश्यले आगामी आ व देखि नेपाली भाषामा लागत ईष्टिमेट तथा मूल्याकन तयार गर्ने व्यवस्था मिलाइने छ ।

१)आर्थिक विकास तर्फ

क) जनताको आयश्रोत तथा क्रय क्षमताका आधारमा कर का दरहरु निर्धारण गरि नगर पालिकाको आय श्रोत वृद्धि गरि जनसरोकार तथा जनजिवीकाको स्तर सुधारमा लगानी वृद्धि गरिने छ ।

ख)कृषि नीति तथा कार्यक्रम ः

१) “समृद्ध नगर सुखी नगरवासी ”को नगर अभियानलाई सफल पार्न कृषि नै महत्वपूर्ण क्षेत्र हो । कृषिलाई समय सापेक्ष ढंगले बढ्दो जनसंख्यालाई खाद्यान्न आपूर्तिमा आत्म निर्भर नगर बनाउन कृषिमा आधुनिकिरण गरिने छ । आधुनिक कृषि औजारहरुको व्यापक प्रयोग गरि कृषि कार्यलाई सरल र सहज पारिने छ । समग्र कृषि कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

२) यस नगरलाई ३ वर्ष भित्र रहर लाग्दा ,हेर्नलायक कृषि तथा पशु विकास फारामहरु स्थापना गरी रोजगारीको श्रृजना तथा आन्तरीक कृषि पर्यटनको विकास गरिने छ । यसको लागि आ.व. २०७६।०७७ मा नगर कृषि विकास  तथा पशु विकास अनुदान मापदण्ड तयार गरि लागु गरिने छ ।

३) यस नगरको  नामांकरण पनि भूगोल अनुसार लेक र वेशीले बनेको छ । हाम्रो भूगोल वाहिरबाट हेर्दा चुनौतीपूर्ण देखिए ता पनि भित्र जाँदै गर्दा थुपै्र अवसरका चाँङहरु हामीलाई पर्खेर बसेका छन् । यहाँको  हावापानीमा विविधता छ यस्को जगमा विविध वालि विकास तथा अनुकुलन कृषि परियोजनाहरु ल्याइने छ

.हामी राजनैतिक विभाजनमा १० वडामा विभाजन भए पनि भूगोल तथा वातावरणीय हिसाबले २ वटा कलस्टरमा विभाजित छौं । यो श्वास्वत प्राकृतिक विविधतालाइ हामी स्वीकार्नै पर्छ । अत:प्रकृतिको यो विविधता हामीलाइ वाह्य दृष्टीकोणबाट झट्ट हेर्दा चुनौती देखिए पनि यसलार्इ हामी हाम्रो जीवनस्तर उठाउनका लागि अवसरको रुपमा लिएका छौं । त्यहि भएर हामीले यस हाम्रो नगरपालिकाको नाम पनि लेकवेशी राखेका छौं । यस लेकलेशीको लेक र वेशीलाइ हामीले एकै साथ शहरीकरण गर्नु परेको छ । यस्का लागि हामीले वडा नं.२ लेखगाउँ देखि नेटा हुँदै वडा नं. ९ को लामीडाँडा वडा नं.१० टिमुरकोट सम्म कागती तथा सुन्तला अम्वा लगायत लेकाली फलफूल खेती र टीमुर लगायत जडीबुटी खेति गरिने छ । वोयर बाख्रा श्रोत केन्द्रको रुपमा विकास गरिने छ। दुनियालाई लोभ लाग्ने गरी लेकवशीको कृषिलेक हेर्न लायक भ्रमण गर्नलायक बनाइने छ । समग्र प्याकेजमा नगरको गौरवको योजनको रुपमा उल्लेखित उद्यश्य प्राप्तिकालागि लेकाली कृषि कार्यक्रमको लागि  आवश्यक  बजेट विनियोजन गरेकी छु।

४) नगरवासीको समृद्ध तथा सुखी जीवनका लागि स्वास्थ्य महत्वपूर्ण पक्ष हो । स्वस्थ नागरिकका लागि स्वस्थ खाद्यन्न हुनु जरुरी छ ।त्यसैले हाम्रो उत्पादन पनि स्वस्थ हुनु जरुरी छ ।अतः “हाम्रो भूमि योजना हाम्रो ,अर्गानिक उत्पादन,स्वास्थ जीवन राम्रो ” कार्यक्रमका लागि खेतीमा विशिष्टकरणमा

(वालिविशेष पकेट क्षेत्रमा) जोड दिईने छ ।

६) दुग्घ जन्य पशु तथा मासु जन्य पशुको नशल सुधार योजना ल्याईने छ ।पशु उपचार सेवालाई प्रभावकारी गराईने छ ।

७) वेरोजगार युवाहरुलाइ पशु तथा कृषि व्यवसायमा आकर्षण गरी रोगजारी श्रृजना गरिने छ ।

८) कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणको लागि छिमेकि स्थानिय तह ,प्रदेश सरकार तथा संघीय सरकार संग समन्वय तथा सहकार्य गरिने छ

९) वेरोजगार व्यक्तिहरुको तथ्यांक संकलित गरि सूचिकृत गरिने छ ।वरोजगार सूचिकृत युवाहरुलाई प्रधानमन्त्री रोजगारकार्यक्रम संग समन्वय तथा सहकार्य गरी स्थानिय योजना तथा कार्यक्रममा सहभागि गराई रोजगारीको अवसर प्रदान गरिने छ ।

ग) यस नगरपालिकाको वडा नं.९ साटाखानीमा संघिय तथा प्रदेश सरकारको सहयोगमा कर्णाली प्रदेशस्तरीय औद्योगीक क्षेत्रको स्थापनाका लागि परिणाममुखि पहल गरिने छ ।

_ पर्यटन तर्फ

 १ प्रदेश तथा संघीय सरकारको समन्वयमा लेकवेशी नगरको लेकगाउँमा शिवालय मन्दिर डाँडागाउँमा चर्च र लामीडाँडामा गुम्बा निर्माण गरि धार्मिक पर्यटनको विकास गरिने छ ।

२. संघीय सरकार प्रदेश सरकार र विकास साझेदार संघ सस्थाहरुको समन्वय तथा सहयोगमा भेरी ववई डाईवर्सनको मुहान भेरी किनार छोटेमा होमस्टे,होटल लज तथा पिक्निक स्पटको रुपमा विकास गरि पर्यटकलाई आकर्षण गरिने छ ।

 

२) भैतिक पूर्वाधार तर्फ ः

१) यस नगरको समुद्धि र सामाजिक तथा सांस्कृतिक विकास संग जोडिएको धुलियाविट भेडावारी वाटेचौर सडक संघीय तथा प्रदेश सरकार संग समन्वय गरि तत्कालै पक्कि सडक निर्माण गरिने छ । यसै आ.व.मा यस्को सुरुवात गरिने छ ।यस सडक खण्डमा पर्ने पुल बन्न बाँकी खोला खोल्सीहरुमा पक्की पुल निर्माणको लागि तत्कालै परिणाममुखी पहल गरिने छ ।

२) आवश्यकताका आधारमा नयाँ सडकहरु बनाईने छ । सडक निर्माणका नाममा केहि व्यक्तिहरुको अल्पकालिन स्वार्थका लागि  खेतियोग्य जमीनहरुलाई पलटिङ्ग गर्ने कार्यलाई निरुत्साहित गरिने छ । हाम्रा भावि पुस्तालाई खेती योग्य जमीनमा खोलाको गिट्टी,वालुवा होईन ,पहेंला झुलेका धानकाबाला ,सुन्दर जैतुनका वालासहीत हस्तान्तरण गरौं भनेर जनतालाई सचेतिकरण गरिने छ ।

३) सडक यातायातको सुधारका लागि क्रमश ः कल्पना चोक नेटा सडक ,दशरथपुर नेटा सडक,कोलखोला लामीडाँडा सडक,जहरे मीलडाँडा फूलवारी लेखगाउँ कफ्लेनी दहसडक,लवना पाखापानी दह सडक ,गंगटे सिम्दमाररुप्से सडक,झुप्रा साटाफाँट टिमुरकोट सडक ,गंगटे वनकुना सडक,वडीपाटी चौरासे ढाँडखेत सडक, मछेलटार लामीदमार टमिुरकोट सडकलाई संघिय सरकार तथा प्रदेश सरकारसंग समन्वय ,सहकार्यमा स्तरउन्नती गरिने छ ।

४) सवै सडकहरुको च्क्ष्न्ज्त् इँ च्इब्म् निर्धारण गरी सडक संरक्षण गरिने छ ।हरित सडक निर्माण गरिने छ ।

५) नगर भित्रका खाली वाँझा वारीहरुमा श्रोत भए सम्म संघिय सरकार ,प्रदेश सरकार , सहयोगि विकास साझेदार संघ संस्थाहरु संग सहकार्य समन्वय गरेर साथै हाम्रो आफनै श्रोत साधन प्रयोग गरेर सिंचाई योजनाहरु संचालन गरि उत्पादन वृद्धिमा जोड दिईने छ ।साथै सिंचाई श्रोत नभएका वाँझा वारीहरुमा वैकल्पिक खेति गर्ने योजना ल्याईने छ । यस्को लागि आवश्यक रकम विनियोजन गरेको छु ।

६) भेरी ववई डाईवर्सन आयोजनाको सहयोग तथा समन्वय सहकार्यमा भेरी करीडोर सिंचाई तथा पर्यटन विकास गरिने छ ।

७) यस नगर क्षेत्रमा संघीय सरकार प्रदेश सरकारसंग सहकार्य तथा समन्वय गरेर  विद्युत सेवा नपुगेका वस्तीहरुमा विद्युत सेवा विस्तार गरिने छ ।

३।सामाजिक विकास तर्फ

क) खानेपानी तर्फ ःजनतालाई शुद्ध खानेपानी को उपलब्ध गराउन श्रोतले भ्याए सम्म संघिय सरकार ,प्रदेश सरकार, विकास साझेदार संस्था संग सहकार्य समन्वय गरेर खानेपानी योजनाहरु सचालन गरिने छ ।साथै श्रोत नभएका वस्तिहरुका खानेपानी घैंटो कार्यक्रम ल्याईने छ ।विगतमा यस नगरका सवै वडाहरु खुलादिसामुक्त भै सकेकोले अव पूर्ण सरसफाई अभियान चलाईने छ ।खानेपानी तथा सरसफाई कार्यक्रमका निम्ति आवश्यक रकम विनियोजन गरेको छु ।

ख) शिक्षा तर्फ ः

१) विद्यालय भनेको मानव विकासको जग हो ।दक्ष जनशक्ति विना समृद्धि प्राप्त गर्न सकिदैन । त्यसैले स्थानिय योग्य जनशक्ति उत्पादनको लागि शिक्षामा लगानी गर्ने नीति अवलम्बन गरिनेछ ।

२) औपचारीकताको लागि मात्र होईन शिक्षा । हाम्रो शिक्षाले हाम्रो सभ्यता र संस्कृतीको रक्षा गर्नु पर्दछ । सू–संस्कार युक्त नागरिक उत्पादन गर्नुपर्दछ ।त्यसैले विगतको अनुभव वर्तमानको आवश्यकता र भावि हाम्रा योजनाहरुको   नेतृत्व शिक्षाले गर्नु पर्दछ । अत ः सवै वालवालिकाहरुलाई आधारभुत तहको शिक्षा अनिवार्य गरिनेछ ।साथै सवै वालवालिकाहरुलाई विद्यालयमा पठाउ,टिकाउ र विकाउ नीति लागु गरिने छ ।

 ३) थोरै निर्माण गरौं ,पक्कि वनाऔं भन्ने नीति अवलम्बन गरिने छ ।माटाको घैंटोले तामाको मोल पुर्याउछ भने झै अव हाम्रा विद्यालयका भवनहरु भुकम्प प्रतिरोधी बनाईने छ ।वर्सेनी हावाहुरी आएपछि कुन विद्यालयको छाना उडायो भनेर समाचारको पर्खाईमा हुने हाम्रो परिस्थितिलाई अन्त्य गरिने छ । आ।व। २०७६र०७७मा विद्यालय भवन निर्माण तर्फ आवश्यक रकम विनियोजन गरेको छु ।

४) विद्यालयमा शिक्षण सिकाईलाई प्रभावकारी बनाउन आवश्यकताको आधारमा विद्यालयहरुमा स्थानिय  शिक्षक दरवन्दी थप गरिनेछ । शैक्षिक सामाग्रीको व्यापक प्रयोग गर्न शिक्षक तालिमको व्यवस्था गरिने छ ,साथै अनुगमनलाई उपचारात्मक तथा प्रभावकारी गरिने  छ । विद्यालयलाई विशुद्ध सिकाई केन्द्रका रुपमा विकास गर्न सवै विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिने छ ।

६) क्रमश ःसवै विद्यालयमा सुलभ शौचालय तथा स्वच्छ खानेपानीको व्यवस्था गरिने छ ।

७) विद्यालय सुधारमा जनसहभागिता जुटाईने छ ।

 ८) किशोरीहरुले ःभ्ल्क्त्च्ग्ब्ी (महिनावारी )हँुदा विद्यालय छोड्ने परिपाटीलाई अन्त्य गर्न विद्यालयहरुमा क्भ्ल्क्ष्त्ब्च्थ् एब्म् राख्ने व्यवस्था मिलाईने छ ।

ग) स्वास्थ्य तर्फ ः

१) नगर क्षेत्रमा रहेको दशरथपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा रुपान्तरण गरि साधन श्रोत सम्पन्न १५ शैयाको अस्पतालको रुपमा विकास गरिने छ ।

२) रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै स्वास्थ क्षेत्रको महत्वपूर्ण विषय हो । आनीवानी तथा व्यवहार र खानपानमा सुधार गरी शारिरिक तन्दूरिस्तीका लागि नियमित व्यायम तथा योग शिक्षा द्धारा जनतालाई सचेतिकरण गरिने छ । योग शिक्षाको प्रचार प्रसारको लागि आवश्यक रकम विनियोजन गरेको छु ।

३) प्रदेश तथा संघीय सरकारको सहयोग तथा समन्वयमा २४ घण्टे सुरक्षित सुत्केरीे सेवा ३ वर्ष भित्र नगरका सवै वडा वाट उपलब्ध गराईने छ ।

४) वालवालिकालाई दिईने नियमित खोपलाई प्रभवकारी रुपमा कार्यान्वयन गरि पूर्ण खोप युक्त नगर अभियान चलाईने छ ।

५)स्वास्थ्य बीमा,निःशुल्क उपचार,स्वस्थ नागरिक जिम्मेवार नगर सरकारू कार्यक्रमका लागि विपन्न नागरिकको स्वास्थ्य उपचारको सुनिश्चितता गर्न सवैका लागि स्वास्थ विमा कार्यक्रमलाई सवै वडाहरुमा प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ ।

६) नगरपालिकामा अत्यावश्यक औषधी स्टक, आकस्मिक चिकित्सक सेवा तथा शुलभ औषधिका लागि विशेष व्यवस्था गरिने छ ।

७) महिलाहरुको आङ खस्ने, क्यान्सर,मुटुरोग जस्ता भयानक रोग लागेका नागरिकको लागि विशेष राहत कार्यक्रम ल्याईने छ ।

८) लेकवेशी नगरपालिकालाई कुपोषण मुक्त नगरपालिका बनाईने छ।

९) विभिन्न स्थानमा स्वास्थ्य विषेशज्ञ शिविर संचालन गरी नगरवासीलाई घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध गराईने छ ।

१०) मानसिक स्वास्थ्य सम्बन्धि चेतनामुलक कार्यक्रम संचालन गरीने छ ।

११) रोग पहिचानको लागि सवै स्वास्थ्य चौकीहरुमा १ वर्ष भित्र ल्याव सेवा संचालन गरिने छ ।

१२) प्रा.स्वा. केन्द्र दशरथपुर मा सर्पदंस उपचार केन्द्र स्थापना गरिने छ ।

१३) स्वास्थ्य संस्थाहरुको तथ्यांक विद्युतिय प्रणालीमा राखिने छ ।

१४) स्वास्थ्य संस्थाहरुमा प्रभावकारी उपचारको लागि सवै स्वास्थ्य संस्थाहरुमा आवश्यक उपकरण उपलब्ध गराईने छ ।

१५) महिला स्वयंसेवीका र स्वास्थ्यकर्मीलाइ प्रभावकारी स्वास्थ्य सेवाको लागि प्रोत्साहन गरिने छ ।

१६) मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम अन्तरगत १००० दिन आमाहरुलाइ उपमेयर कोशेली भेट कार्यक्रम संचालन गरीने छ ।

१९) सवै गर्भवती भएका घरमा हरियो झण्डा ,वावालाइ चिठी र संदेशमुलक फ्लेक्स राखिने छ ।

१७) विभिन्न किसिमका किटजन्य ,सरुवा र नसर्ने रोग सम्बन्धि चेतनामुलक अभिमुखिकरण कार्यक्रम संचालन गरीने छ ।

घ) लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फ ः

१) मानव सभ्यताको कलंकको रुपमा रहेको मान्छेले मान्छेलाई नछुने कूसंस्कारको अन्त्य गरि सवै जातजाती ,धर्म ,सस्कृति परम्पराको संरक्षण र सम्बर्धन गरी सवै किसिमका भेदभावको अन्त गरी  समता मुलक समाज निर्माणका लागि  सामाजिक कार्यक्रमहरु ल्याईने छ ।

२) महिला ,वालवालिका ,आदिवासी जनजाती,अपांग जेष्ठ नगरिकहरुका लागि क्षमता विकास तथा शसक्तिकरणका लागि र आर्थिक उपार्जनका विशेष कार्यक्रमहरु ल्याईने छ । श्रोत साधनमा सीमान्तकृत वर्गको पहुंच सुनिश्चित गरिने छ ।सीमान्त कृत समुदायको क्षमता विकासको लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

४)नगरमा निर्माण गरिने सवै सार्वजनिक निर्माणमा लैंगिक ,अपांग तथा वालमैत्री वनाईने छ ।

५) महिला हिंसा ,जेष्ठ नगरिक विरुद्ध हुने हिंसा ,वाल श्रम बाल विवाह,छुवाछुत, लगायत सवै प्रकारका सामाजिक विकृतीको अन्त्यका लागि कार्यक्रमहरु ल्याईनेछ ।

६) वन तथा वातावरण ः लेकवेशी नगर क्षेत्रमा बन्ने सवै सडकका दुवै किनारामा वाँस ,चिउरी, कपुर , धुपि सल्लो , अम्रिसो , दब्दवे किमु आदि जातका विरुवा लगाई लेकवेशी नगर हरियाली शहर बनाईने छ ।यस्को लागि आवश्यक बजेट विनियोजन गरिएको छ।

७) मुलुकमा प्रजातन्त्रको प्राप्तिको लागि २०३६ सालको घुम्ने काण्डमा अमुल्य जीवन गुमाएका वीर सहीदको सम्झनामा ऐतिहासिक स्थल दशरथपुरमा सहीद पार्क निर्माणको लागि प्रदेश सरकार संग समन्वय गरी कार्यान्वयन गरिने छ ।

८) दशरथपुरमा रहेको वनकार्यालयको क्षेत्रमालाई आवश्यक पर्ने विरुवाहरुको नर्सरी राखिने छ ।

६) सुशासन तथा संस्थागत विकास तर्फ ः

१.नगरपालिकाको कार्य सम्पादनलाई प्रभावकारी बनाउनका लागि कार्यालय व्यवस्थापन तथा भवन निर्माण गरिने छ ।नगर भवन निर्माणको लागि रु १करोड विनियोजन गरेको छु ।

२.नगरपालिकाको सेवालाई प्रभावकारी बनाउनका लागि कर्मचारी तथा जनप्रतिनीधिहरुको क्षमता विकासका तालिमहरु संचालन गरिने छ ।कर्मचारीहरुलाई कार्यक्षेत्रमा उत्प्रेरणाजगाउनको लागि प्रोत्साहन कार्यक्रम ल्याईने छ ।

३.समाजमा उठेका विवादहरुलाइ मेलमिलापको माध्यमव्दारा दीर्घकालीन तथा स्थायी समाधान गरीने छ । यस्कोलागि नगर न्यायिक समितिको कार्य सम्पादन लाई प्रभावकारी बनाउन लागि पदाधिकारी तथा कर्मचारी र मेलमिलापकर्तालाई क्षमता विकास तालिम तथा पूर्वाधारको विकास गरिने छ ।

४. नगरपालिकाको बजेट तर्जुमा तथा लेखाङ्कन कार्य गर्न स्थानीय संचितकोष व्यवस्थापन प्रणाली -SUTRA_ कार्यान्वयन गरिने छ ।

 

आ व  २०७५/७६ को कुल बजेट:    ४८ करोड ४८ लाख ८० हजार

  • चालु खर्च तर्फ 2३ करोड ७१ लाख २२ हजार 
  • पुँजीगत तर्फ १८ करोड ३३ लाख ६६ हजार

आगामी आ व २०७६/०७७ मा अनुमान गरिएको खर्च मध्ये :

  • आन्तरिक श्रोतवाट रु१करोड ९०लाख
  • संघीय सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदानबाट रु ११करोड ३७ लाख
  • संघीय सरकारवाट प्राप्त सशर्त अनुदान १७करोड ९०लाख
  • संघीय सरकारवाट प्राप्त राजश्व वाँडफाँड रु ९ करोड १३ लाख
  • प्रदेश सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान रु १ करोड २लाख ५० हजार
  • प्रदेश सरकारवाट प्राप्त राजश्व वाँडफाँड रु ८ लाख ६८ हजार
  • संघीय सरकारवाट प्राप्त सशर्त अनुदान ( सामाजीक सुरक्षा )  रु ६ करोड परिचालन गरिने छ ।

साथै विकास साझेदार गैरसरकारी संघ संस्थाहरुबाट रु ६३लाख ७०हजार  रुपैया परिचालन गरिने छ ।

 

 

 

 

आर्थिक वर्ष: