FAQs Complain Problems

अपिल

अपिल

          COVID-19 कोरोना भाईरस महामारीबाट सृजित बाध्यात्कम परिस्थितिकाले मुलुक अहिले लकडाउनमा रहेको व्यहोरा हामी सवैलाई अवगत नै छ। सिंगो विश्वलाई नै हल्लाउने यो महामारीबाट जनतालाई कसरी जोगाउने भन्ने चुनौतिको हामीले सामना गरिरहनु परेको छ । पारिवारीक सुखको सपना बोकेर विदेश गएर घरमा आएका हाम्रा जनता आफ्नो परिवार वालबच्चा सँग रमेर बस्नु पर्ने समयमा आफ्नो र परिवारको जीवन रक्षाका लागी जिम्मेवार भै नगरपालिकाको अनुरोधलाई स्वीकार गरी विभिन्न क्वारेन्टाईनमा बसिरहनु भएको छ। अब यस पछि पनि विदेशबाट आउनु हुने आदर्णिय नगरबासी बुबा-आमा,दाजु-भाई,दिदी-बहिनी पनि तपाई र तपाईको बालबच्चा-परिवारको जीवन सुरक्षाका लागि कम्तिमा पनि १४ दिन नगरपालिकाले तयार गरेको क्वारेन्टाईनमा बसिदिनुहुन हार्दिक अपिल गर्दछौं।

               लकडाउनका कारण दैनिक ज्यालादारीमा श्रम गर्ने श्रमजीवि तथा विपन्न गरिब परिवार नियमित श्रम गर्न नपाएर आम्दानी अभावका कारण दैनिक जीवन यापन गर्न मुस्किल भएको छ। मानिस घर भित्रै बस्नु पर्ने अकल्पनिय परिस्थिति हाम्रो सामु आईलागेको छ । हामीले सिमित साधन श्रोतबाट यो महामारीसंग लड्नु परेको छ ।कोरोना भाईरस महामारीको यो विपद् नियन्त्रण तथा व्यवस्थापन गर्न यस लेकवेशी नगरपालिकाले हालै रु. एक करोड रुपैंयाको प्रकोप व्यवस्थापन कोष खडा गरेको छ । साथै तत्कालै साँझ विहान छाक टार्न मुस्किल भएका अति विपन्न, गरिब परिवारलाई नगरपालिकाका सवै वडा कार्यालयहरुबाट खाध्यान्न चामल , दाल, नुन ,तेल वितरणको काम भै रहेको छ । साथै यस नगरपालिकाका गरिब,विपन्न असहायहरुलाई सहयोग गर्न चाहने संघ-संस्था तथा महानुभावहरुले एकद्धार प्रणालीबाट राहत वितरण गर्नको लागी नगरपालिकाबाट अनुमति लिई तोकिएको स्थानमा मात्र सहयोग गर्नुहुन हार्दिक अपिल गर्दछौं ।

      यो विपदलाई नियन्त्रण तथा व्यवस्थापन गर्न, गरिब विपन्न परिवारलाई सहयोग गर्न ईच्छुक सहयोगी संघ-संस्था तथा महानुभावहरुले यस लेकवशी नगरपालिकाको प्राईम कमर्शियल वैकमा रहेको हि.न.०६१००४७३CA (प्रकोप व्यवस्थापन कोष) खातामा रकम जम्मा गरी सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौं ।

धन्यवाद ।

 

गगनसिंह सुनार

नगर प्रमुख

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: